चितवन ३ (१) मा राप्रपाका तामाङ विजयी
काठमाडौं । चितवन क्षेत्र नं ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ विजयी भएका छन । तामाङले नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेलाई दुई हजार आठ सय ५७ मतले पछि पार्दै विजयी भएका हुन् ।
आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार आठ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेले १४ हजार नौ सय ५६ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार ६ सय २३ मत पाएका छन् । साे क्षेत्रमा आठ जना उम्मेदवार रहेका थिए । क्षेत्र नम्बर ३ (१) मा ५० हजार दुई सय १२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया