कञ्चनपुर १ (२) मा कांग्रेसका विष्ट निर्वाचित
काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले ९१७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ८ हजार ५२० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले ७ हजार ६०३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले ५ हजार ७१३ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले ५ हजार ५०२ मत ल्याएका छन्।
जम्मा ४९ हजार चार सय ५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार ६४२ मत खसेको थियो । जसमा एक हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया