NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिन्धुली–१ मा कांग्रेसका घिमिरे विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

निर्वाचित घिमिरेले ३० हजार  ३९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाएका छन् । २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र–१ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए ।

दुवै प्रतिस्पर्धी एकै गाउँपालिकावासी हुन। कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ को हुन् । विसं २०२२ भदौ २५ मा जन्मिएका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिको संयोजक पनि भएका थिए ।

विसं २०३६ देखि राजनीतिमा क्रियाशील घिमिरेले इतिहासमा स्नाकोत्तर गरेका छन् ।