NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सप्तरी ३ मा कांग्रेसका यादव विजयी

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गरेका छन् ।