सुर्खेत प्रदेशसभा (२) माओवादीको पोल्टामा
काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विन्दमान विष्ट विजयी भएका छन् । उनी १३ हजार नौ सय नौ मत हासिल गर्दै विजयी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विष्ट चार हजार पाँच सय ७९ मतान्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकेशर गौतमले नौ हजार तीन सय ३० मत प्राप्त गरे ।
यस्तै नेकपा (एकीकृत समाजवादी) का मोहन बढुवालले छ हजार दुई सय नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णबहादुर रेगामी मगरले सात सय ९२ तथा नेपाल मजदुर किसान पार्टीका गगन कामीले ९४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया