नुवाकोटका कांग्रेस सभापति प्रदेशसभा सदस्यमा विजयी
काठमाडौं । नुवाकोट क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।
निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार आज सम्पन्न भएको मतगणनामा कांग्रेसका नुवाकोट सभापतिसमेत रहेका महत १३ हजार सात सय २७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णलाल श्रेष्ठले ११ हजार आठ सय ३१ मत ल्याए ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत प्राप्त गरेका छन् । एक स्वतन्त्रसहित नौ उम्मेदवार चुनावी मैदानमा थिए ।
जिल्लाको ककनी, लिखु, सूर्यगढी गाँउपालिका र पञ्चकन्या गाँउपालिकाको वडा नं. १, २ र ५ यस प्रदेश निर्वाचन क्षेत्रमा पर्दछन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ३२ हजार दुई सय ४० मत खसेको थियो । अब निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) को मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया