कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।
पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दश हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया