तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी
तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छिन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुब्बालाई पराजित गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी भएकी कांग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन् । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याइन् । दुवै जनाबीच एक हजार ७९ मतन्तर रहेको छ ।
यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएकी थिइन् । गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन् । खापुङले भने यसपटक टिकट पाएनन् ।
एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित भएका थिए । विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया