NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

स्याङ्जा क्षेत्र नं २ को निर्वाचन विवादको छानबिन प्रतिवेदन आज बुझाईने

काठमाडौं । निर्वाचन आयोगलाई स्याङ्जा क्षेत्र नं २ को निर्वाचन विवादको छानबिन प्रतिवेदन आज बुझाईने भएको छ ।

आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा गठन भएको छानबिन टोलीले सोमबार आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो । टोलीले जिल्लाका सुरक्षा निकाय, विवाद भएको भनिएको बुथमा खटिएका कर्मचारी, आन्दोलनरत राजनीतिक दल सहित प्रशासन सँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो । आयोगले टोललीलाई ३ दिन भित्र प्रतिवेदन बुझाउन भनेको थियो ।

यस क्षेत्रबाट कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले सचिव पद्मा कुमारी अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायत चुनावी प्रतिस्पर्धामा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष