मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका ४ घर भई ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगर रहेको प्रहरीले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले भुपेन्द्रलाई भक्तपुरको राधेराधेबाट चोरी भएको १ थान मोटरसाइकल काठमाडाैं महानगरपालिका ९ एयरर्पोटबाट पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनले थप ३ वटा मोटरसाइकल चोरी गरेको खुल्न आएको छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया