इजरायली नाकाबन्दीका कारण गाजामा खाद्य संकट
एजेन्सी । इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट परेको बताइएको छ । प्राप्त समाचारमा गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसङ्ख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ ।
सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको बताइएको छ । यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ ।
गाजाको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी एक परिषदले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसङ्ख्या गरिबीतर्फ पनि धकेलिएको छ ।
सो परिषदको प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक यही नाकाबन्दीका कारण नै गरिबीको रेखामा पुगेका बताइएको छ ।
गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीहरुको बसोबास रहेको छ । त्यहाँकाे नागरिकलाई इजरायलले सन् २००७ देखि नै नाकाबन्दी गर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया