टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि लिमिटेडले टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई ८० प्रतिशतसम्मको सवारी साधन ऋण दिने सम्बन्धमा हालै एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ । हाल, टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी, नेपालका उत्कृष्ट इलेक्ट्रिक गाडीहरू प्रदान गर्दछ ।
सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन् । सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम ऋण प्रवाह गरिनेछ ।
Tata EV छनोट गर्ने ग्राहकहरूले अब टाटा मोटर्सबाट कुनै पनि विद्युतीय सवारीसाधन खरिद गर्नका लागि थप सहज र द्रुत प्रक्रिया समय पाउनेछन् ।
एभरेष्ट बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया