NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

माधव नेपालको नेतृत्वको नेकपा एस राष्ट्रिय पार्टी बन्न उन्मुख

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने लगभग निश्चित भएको छ ।

पछिल्लो मतगणनाअनुसार पार्टीले कुल दुई लाख ९० हजार १९६ मत प्राप्त गरेको छ । जुन तीन लाख थ्रेडहोल्ड कटाउने निश्चितजस्तै देखिन्छ।

नेपालको कानुनअनसार कुनै पनि पार्टीलाई राष्ट्रिय दल बन्नका लागि सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । कुल एक करोड १ लाख ७१ हजार ३६३ मतमा अब करिब पाँच प्रतिशतमात्रै मत गन्न बाँकी छ ।