एकै दिन लिङ्देनले ३ वटा पुल शिलान्यास गरे
झापा । नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरेका हुन ।
विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु ४ करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
पालिको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको, वडा नं ३ को भुसुडी खोलामा २६ दशमलव आठ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव आठ मिटर लम्बाइको पुल निर्माण हुने भएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया