कुटपिट गरि हत्या गरेको आरोपमा ६ जना पक्राउ

धनुषा । जमिनको विषयमा विवाद हुँदा धनुषामा १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
बिहिवार राती जग्गाको विषयलाई लिएर विवाद हुँदा मिथिला बिहारी नगरपालिका ४ का ५३ वर्षीय प्रभु यादबको ज्यान गएकाे हाे । यादवलाई सोहि ठाउँका ४२ वर्षीय सुरज यादव सहितको १० जनाको समुहले कुटपिट गरेको थियो ।
कुटपिटका कारण गम्भिर घाइते भएका प्रभुको उपचारका क्रममा ज्यान गएको हाे । कुटपिटबाट गम्भिर घाइते भएका प्रभुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।
कुटपिट गरि हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । साथै कुटपिटबाट प्रभुको श्रीमती सहित थप ६ जना घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया