कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
जनकपुरधाम । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।
गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् ।
सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए ।
ताजा अपडेट
-
मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
-
नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल
-
प्रहरी महानिरीक्षक ‘हटाउन लागिएको’ विषयमा बोल्यो प्रहरी प्रधान कार्यालय
-
पर्यावरणीय प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
-
नेपाल बीमा प्राधिकरणबाट विदा भए कार्यकारी निर्देशक पौडेल
प्रतिक्रिया