NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एसियन हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको ३४ करोड रुपैयाँको ३ करोड ४० लाख कित्ता सेयरमा आयोजना प्रभावित ईलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका–३ र ४ तथा सूर्योदय नगरपालिका–११ का स्थानीय बासिन्दाले १ लाख ३६ हजार कित्ता र ईलाम जिल्लामा रहेका अन्य वासिन्दाले २ लाख ४ हजार कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले ८४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँका दरले १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयले भने पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

स्थानीयले एनएमबि बैंकको ईलाम शाखा, सिभिल बैंक माईजोगमाई शाखा ,प्राइम कमर्सियल बैंकको बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक को फिक्कललमा रहेको शाखाबाट आवेदन दिन सकिने छ ।

विदेशमा रहेका आवेदकले भने सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।