लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
काठमाडाैं । संयुक्त राष्ट्रसंघले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या निकै बढ्दै गएको र यहाँ उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले सो आग्रह गरेका हुन् ।
ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान आएका थिए । सो भ्रमण सकेर शनिबार फर्किने क्रममा उनले लेबनानमा दशौँ हजार जना शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरुको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको बताएका हुन् ।
उनले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरु रहेकाले उनीहरुलाई आवश्यक मात्रामा र दिगो सहयोग पु-याउनुपर्ने बताएको लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन् । एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया