NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अर्थतन्त्र सुधारमा ध्यान दिन अर्थमन्त्रीलाइ आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएको छ ।
अर्थमन्त्रीसँगको भेटमा महासंघका अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्य वृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुदै गएका बताए ।

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक बर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन केही सुुझाव समेत दिएको छ ।

पुस मसान्तमा पुर्नकर्जा वापतको करिब ६० अर्ब रूपैया बैंक वित्तीय संस्थाहरूबाट फिर्ता जाने बैंकहरूले बताएको अवस्थामा कम्तीमा एक वर्ष पुर्नकर्जा नविकरणको सुविधा दिइनुपर्ने महासंघले माग गरेको छ ।

यस्तै, अनिवार्य नगद अनुपातलाई एक प्रतिशत विन्दुले कम गर्नुपर्ने तथा नीतिगत दर घटाउनुपर्ने पनि महासंघले बताएको छ । सरकारी ढुकुटिमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अबलम्बन गरिनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।