नारायणगढ–मुग्लिन सडक दुर्घटना : एक जनाको मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता विजयाराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नं को टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो ।
इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिपर खसेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व संकलन
-
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन
-
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
प्रतिक्रिया