कैलालीमा हँसिया प्रहारबाट एक जनाकाे मृत्यु
सुदूरपश्चिम । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु-याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए ।
हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।
सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया