NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रशासनको आदेशबिना राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने प्रहरीको तयारी

काठमाडौं । सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेश गर्न नदिन प्रहरीका उच्च अधिकारीले मातहतका प्रहरीलाई आदेश दिएको छ । सर्वोच्चमा तैनाथ प्रहरीहरुलाई त्यस्तो आदेश दिएकाे स्राेतले बतायाे ।

जबरामाथि महाभियोग प्रस्ताव निष्प्रभावी हुने पत्र संसद सचिवालयका महासचिवले राणालाई दिएपछि राणा आज सर्वोच्च प्रवेश गर्ने तयारीमा छन् ।

तर यस विषयमा राणामाथि लगाइएको मुद्दा जीवितै रहेको  सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् । उनले यस विषयबारे नयाँ संसदमा छलफल हुने बताए ।