राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सांसद, को–को परे ?
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ ।
पार्टीले समानुपातिकतर्फ पाएका मतअनुसार १३ वटा सिट उसको भागमा परेको थियो । जसअनुसार रास्वपाले १३ जना समानुपातिक सांसदको सूची तयार पारेर निर्वाचन आयोगमा बुझाएको छ ।
उक्त सूचीमा आदिवासी पुरुषतर्फ डा ढाका कुमार श्रेष्ठ, खस आर्य पुरुषतर्फ डोल प्रसाद अर्याल, मुस्लिम पुरुषमा असिम साह, मधेसी पुरुषतर्फ मनिष झा परेका छन् । त्यस्तै, आदिवासी महिलातर्फ इन्दिरा राना मगर, सुमना श्रेष्ठ छन् भने थारु पुरुषमा अशोक चौधरी, मधेशी पुरुषमा तपेश्वर यादव, खस आर्य महिलातर्फ डा चन्दा कार्की र निशा डांगी छन् । दलित पुरुषमा सन्तोष परियार र शिव नेपाली छन् भने पिछडिएको क्षेत्रको महिलातर्फ विनिता कठायतको नाम परेको छ ।
पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया