कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
काठमाडौं । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।
“डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्”, उनले भने, “दुर्घटनामा तीन जना घाइते भएका छन् ।”
डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल नदीमा खसेको छ ।
मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बुढा छन् । प्रहरी कार्यालयका अनुसार चालक चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता डिएसपी रिमालले जानकारी दिए ।
त्यसैगरी घाइते हुनेमा रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारती छन् । घाइतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया