कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता
काठमाडौं । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।
“डोजरमा आठ जना सवार रहेकामा दुई जनाको मृत्यु भएको छ भने तीन जना कर्णाली नदीमा बेपत्ता भएका छन्”, उनले भने, “दुर्घटनामा तीन जना घाइते भएका छन् ।”
डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल नदीमा खसेको छ ।
मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीय युवराज बुढा छन् । प्रहरी कार्यालयका अनुसार चालक चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की बेपत्ता डिएसपी रिमालले जानकारी दिए ।
त्यसैगरी घाइते हुनेमा रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारती छन् । घाइतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
प्रतिक्रिया