NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कांग्रेसले २९ जना महिलासहित टुंग्यायो प्रतिनिधिसभातर्फका समानुपातिक सांसद

काठमाडौं । नेपाली कांग्रसले प्रतिनिधिसभातर्फका समानुपातिक सांसद टुंगो लगाएको छ ।

आज शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।

समानुपातिकतर्फ पाएको मतअनुसार कांग्रेसले ३२ सिट पाएको थियो। प्रत्यक्षतर्फ १ जनामात्रै महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाएको छ । किनभने संविधानअनुसार संघीय संसदमा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने प्रावधान छ ।

समानुपातिकतर्फबाट सांसद हुने महिलाहरूमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण छन्।

यस्तै खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन्। आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ छन्।

दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन्।

मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नामा आयोगमा पठाएको छ भने मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएका छन्।

त्यस्तै पुरुषमा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशरण महत चयन भएका छन् ।