यी हुन् एमालेले टुंग्याएका प्रतिनिधिसभातर्फ समानुपातिक सांसद
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ । आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले १२ पुरुष र २२ जना महिला गरी ३४ जना समानुपातिक सांसद चयन गरेको हो ।
आदिवासी जनजातितर्फ पुरुषमा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई चयन भएका छन्।
महिलातर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा छन् ।
खसआर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही चयन भएका छन् भने महिलातर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल छन् ।
थारुतर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी सांसद चयन भएका छन् । दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा सांसद चयन भएका छन् । मधेशीमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया चयन भएका छन् ।
अर्कोतर्फ मुस्लिममा सराज अहमद खान सांसद चयन भएका छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया