भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान र अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो ।
निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिइन् । उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौँबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौँ अवतरण गर्नेछ ।
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको बताए । आगामी दिनमा माग भए उडान सङ्ख्या बढाउन सकिने उनको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ ।
हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया