सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोगबारे प्रश्नमा सहसचिव डा.पाण्डेको समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले नेपालमा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगबानरे प्रश्नको समाधान सुझाउनुभएको छ ।
सूचना प्रविधिमा आधारित स्वचालित प्रशासनयन्त्रको स्थापना गर्न के गर्नुपर्छ ? नेपालमा सूचना प्रविधिको प्रयोग के कसरी गर्दा सार्वजनिक सेवा प्रवाहमा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ ? १०
“गुणस्तरीय सेवा प्रवाहको आधार सूचना प्रविधि
सेवा प्रवाह गर्दा, वस्तु उत्पादन गर्दा, निर्णय गर्दा, , Email Internet, computer आदिको प्रयोग र सञ्चालन गर्ने समग्र प्रक्रिया सूचना प्रविधि हो । नेपालको संविधान सुशासन व्यवस्थापन तथा सञ्चालन ऐनले यस सम्बन्धमा जोड दिएको छ । यद्यपी कमजेर नागिरक चेतना, प्रशासनिक सक्रियता र श्रोतको न्यूनताले प्रशासन संयन्त्रमा यसको अपेक्षाकृत प्रयोग हुन नसकेको तीतो यथार्थता हाम्रा सामू छन् ।
सूचना प्रविधिमा आधारित स्वचालित संयन्त्रको स्थापना :
- सूचना प्रविधिलाई अनिवार्य गराउने सम्बन्धी नीति तथा कानूनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने ।
- यसको प्रयोगका लागि दक्ष प्रभावकारी र पर्याप्त स्रोत साधनको व्यवस्था गर्ने ।
- सूचना प्रणालीको विकास र विस्तार गर्ने ।
- सेवा प्रदायक निकायलाई सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरी दक्ष बनाउने ।
- सेवा प्रवाहलाई सूचना प्रणालीमा आवद्ध गर्ने ।
- नागरिकलाई सूचना प्रविधिको बारेमा चेतना फौलाउने ।
- नागरिकलाई क्ष्त् मा पहुँच बढाउने ।
- Paperless Government अवधारणा प्रशासनमा लागू गर्ने ।
- सूचना प्रविधियुक्त प्रशासन सञ्चालन गर्न वातावरणको निर्माण गर्ने ।
- निम्नानुसार सूचना प्रविधिको प्रयोग गर्दा सार्वजनिक प्रशासनमा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ ।
- सूचना प्रविधि सम्बन्धि कार्यविधिको प्रभावकारी प्रयोग गर्ने ।
- सबै सार्वजनिक सेवालाई सूचना प्रविधिमा आधारित बनाउने ।
- सूचना प्रविधियुक्त जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्ने ।
- कार्य प्रकृति अनुसार सार्वजनिक सूचनालाई Automation गर्ने ।
- Central Recovery data सेन्टरलाई प्रभावकारी बनाउने ।
- व्यवहारमै सूचना प्रविधिको विकास गर्ने ।
- सूचना प्रविधि सम्बन्धी नागरिक दक्षता बढाउने ।
- निर्णय लिने प्रक्रियामा सूचना प्रविधिको व्यापक प्रयोग गर्ने ।
- सबै सार्वजनिक सेवालाई सूचना प्रविधिमय बनाउने ।
- सरकारको क्रियाशिलता बढाउने ।
- संघ, प्रदेश र स्थानीय तहमा सूचना प्रविधिको प्रयोगलाई अनिवार्य बनाउने ।
- नागरीक सक्रियता र सहभागिता बढाउने ।
अन्त्यमा
बिना झन्झट प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्राप्त गर्ने आधार स्वचालित सूचना प्रणाली हो । प्रविधि अनुकूल नियम कार्यविधि र संरचना निर्माण गरी प्रविधियुक्त जनशक्तिद्वारा सार्वजनकि सेवा प्रवाह गरी नेपालमा सूचना प्रणालीलाई प्रभावकारी बनाई सुशासन कायम गर्नु आजको माग हो । यसो भएमा मात्र सेवा प्रवाह प्रभावकारी र सदाचारयुक्त हुनेमा द्धिविधा हुँदैन ।
लाेकसेवा सम्बन्धी सम्पूर्ण समाग्रीका लागि
प्रतिक्रिया