राष्ट्रिय सहकारी बैंकको निर्वाचनसम्बन्धी थप कार्यतालिका सार्वजनिक
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी पुस १६ मा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।
यस अघि पुस ११ गते पहिलो पटक निर्वाचन कार्य तालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक बैंकको वेबसाइटमार्फत निर्वाचन सम्बन्धी विस्तृत जानकारीसहितको कार्यतालिका सार्वजनिक गरेको बैंकको निर्वाचन उपसमितिका संयोजक अधिवक्ता सुमन पौडेलले जानकारी दिए । निर्वाचन उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ ।
तालिका अनुसार पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।
त्यसै गरी साँझ ५ बजे देखी मतपेटिका सङ्कलन/सङ्ग्रह, र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन उपसमितिले जनाएको छ ।
साधारणसभाबाट एक अध्यक्ष सहित खुल्ला सञ्चालक सदस्य (कम्तीमा ३ महिला सहित) ७ जना, प्रत्येक प्रदेशबाट एक/एक जना सञ्चालक सदस्य (कम्तीमा २ महिला सहित) ७ जना गरी १५ जना सञ्चालक समिति र संयोजक सहित तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति (कम्तीमा एक जना महिला) अनिवार्य चयन हुनेछन् ।
साधारणभामा २०७९ मंसिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ/संस्थाहरुले मात्र सहभागिता जनाउन पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले बताए । निर्वाचन सम्बन्धी विस्तृत जानकारी सहितको सूचना बैंकको http://www.ncbl.coopवेबसाइटका साथै बैंकको सबै शाखा कार्यालयहरूको सूचना पाटी तथा आधिकारिक सामाजिक सञ्जालमार्फत पनि हेर्न सकिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया