NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दोहोरो अंकले घट्यो नेप्से, सिवाइसी नेपालको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ मा झरेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ५३ वटा कम्पनीको २४ हजार ६४४ पटकमा ३५ लाख १२ हजार ८३४ कम्पनीको सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब १० करोड ३४ लाख ४ हजार रूपैयाँको कारोबार भएको छ ।

आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक २.३० प्रतिशतले घटेको छ । त्यस्तै विकास१.४२, वित्त १.२५, होटल तथा पर्यटन १.०२, जलविद्युत १.३३, लगानी १.२२, जीवन बीमा ०.८५, उत्पादन १.६४, वित्त १.२७, म्युचल फण्ड ०.९६, नीर्जीवन १.३०, अन्य १.४६ र व्यापार १.४२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा शिभम् सिमेन्टको शेयर मूल्य सर्वाधिक १० करोड ९३ लाख ६७ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै नबिल बैंक ७ करोड ५८ लाख ४३ हजार, हिमालयन डिष्टिलरी ५ करोड ५ लाख २ हजार, एनआइसी एशिया ३ करोड ९२ लाख ४८ हजार र रिदी पावरको ३ करोड २० लाख २८ हजार रूपैयाँको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

आज सिवाइसी नेपालको सेयमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । सुमिट लघुवित्त वित्तिय संस्था ९.९९, मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ९.५० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै नडिप लघुवित्तमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । पञ्चथर पावर कम्पनीका लगानीकर्ताले ६.९७, नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ६.९७ प्रतिशतले गुमाएका छन् ।