NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

नबिल बैंकले घोषणा गर्यो ३० प्रतिशत लाभांश

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।