काभ्रेमा रेविज सङ्क्रमणको त्रास

काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा रेविज सङ्क्रमणको त्रास बढेको छ । पालिकाको वडा नम्बर १ को गोकुले र वडा नम्बर ८ को घर्तिछापमा पछिल्लो २० दिनमा रेबिजकै कारण ८ वटा पशुचौपाया मरेका छन् ।
पछिल्लो समय महाभारत गाउँपालिकामा धमाधम पशु चौपाया मर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
९ जना मानिसलाई पनि कुकुरले टोकेको छ महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेमा २० दिनमा अवधिमा ६ वटा पशु मरेका छन् ।
मङ्सिर १३ गते गोकुलेका थिरमाया श्रेष्ठले पालेको गाई मरेको थियो ।
पछि जाँच गर्दा उक्त गाईमा रेविज पुष्टि भएको थियो । गाई मर्नुभन्दा केहि दिनअघि गाईको काँचो दुध पञ्चामृतका लागि प्रयोग गरिएका कारण सोही कारण पनि स्थानीयवासी डराएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले रेविज सङ्क्रमणको खबर थाहा पाउने वित्तिकै रेविजरुद्धको खोप अभियान सञ्चालन गरिरहेका बताए ।
यसअघि काभ्रेको भुम्लु गाउँपालिकामा रेविजका कारण ५० भन्दा बढी पशुचौपाया मरेका थिए । खुल्ला गोठ, छाडा कुकुर र जङ्गली जनावरका कारण रेविज फैलिएको आशङ्का गरिएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया