काभ्रेमा रेविज सङ्क्रमणको त्रास
काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा रेविज सङ्क्रमणको त्रास बढेको छ । पालिकाको वडा नम्बर १ को गोकुले र वडा नम्बर ८ को घर्तिछापमा पछिल्लो २० दिनमा रेबिजकै कारण ८ वटा पशुचौपाया मरेका छन् ।
पछिल्लो समय महाभारत गाउँपालिकामा धमाधम पशु चौपाया मर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
९ जना मानिसलाई पनि कुकुरले टोकेको छ महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेमा २० दिनमा अवधिमा ६ वटा पशु मरेका छन् ।
मङ्सिर १३ गते गोकुलेका थिरमाया श्रेष्ठले पालेको गाई मरेको थियो ।
पछि जाँच गर्दा उक्त गाईमा रेविज पुष्टि भएको थियो । गाई मर्नुभन्दा केहि दिनअघि गाईको काँचो दुध पञ्चामृतका लागि प्रयोग गरिएका कारण सोही कारण पनि स्थानीयवासी डराएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तम सेढाइले रेविज सङ्क्रमणको खबर थाहा पाउने वित्तिकै रेविजरुद्धको खोप अभियान सञ्चालन गरिरहेका बताए ।
यसअघि काभ्रेको भुम्लु गाउँपालिकामा रेविजका कारण ५० भन्दा बढी पशुचौपाया मरेका थिए । खुल्ला गोठ, छाडा कुकुर र जङ्गली जनावरका कारण रेविज फैलिएको आशङ्का गरिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया