NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

सनराइज बैंकले लाभांश वितरण नगर्ने

काठमाडाैं । सनराइज बैंक लिमिटेडले यसपटक लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश र बोनस शेयर  नबाड्ने निर्णय गरेको हो ।

त्यस्तै आव २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।