सनराइज बैंकले लाभांश वितरण नगर्ने
काठमाडाैं । सनराइज बैंक लिमिटेडले यसपटक लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश र बोनस शेयर नबाड्ने निर्णय गरेको हो ।
त्यस्तै आव २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया