NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

बम्फर छुटसहितको टाटाको ‘इन्जिन केयर क्याम्प’ सुरू

काठमाडाैं । सिप्रदी टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ग्राहकलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि ‘इन्जिन केयर क्याम्प’ को आयोजना गरेको छ । आज एक कार्यक्रमका बीच टाटा मोर्टस् कस्टमर क्येर सार्क रिजन हेड वेंकटेश आलबलले उक्त क्याम्पको शुभारम्भ गरे ।

कम्पनीले नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले ‘इन्जिन केयर क्याम्प’ को आयोजना गरेको जनाएको छ ।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५ प्रतिशतदेखि कम्पनीले तोकिएका पार्टसहरूमा ५० प्रतिशतसम्मको छुट, ल्युव्रिकेन्टमा २० प्रतिशतसम्म छुट, लेवर चार्जमा २५ प्रतिशत छुट, तथा चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नु पर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको छ ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पौष १५ गतेसम्म उक्त क्याम्प संचालनमा रहने छ ।

ताजा अपडेट

नेपालवाच विशेष