NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

झिनो अंकले घट्यो नेप्से, नबिल बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले घटेर १८९९.७० मा झरेको छ ।

आज दुई सय ४८ वटा कम्पनीको १६ हजार ३२० पटक कारोबारमा २० लाख ५८ हजार ५१० को सेयर खरिदबिक्री हुँदा कुल ७७ करोड ७० लाख ८९ हजार १६५ रूपैयाँको कारोबार भएको छ ।

आज चार उसमूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक ७ करोड १७ लाख ५६ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकम ६ करोड ३ लाख ७१ हजार, सुमिट लघुवित्त ४ करोड ६९ लाख, नेपाल बैंक लिमिटेड ३ करोड ५१ लाख ५० हजार र अप्पर तामाकोशी २ करोड ९९ लाख ६५ हजार रूपैयाँको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

आज सिवाइसी नेपालको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् । साञ्जेन जलविद्युत ७.७३, नबिल ब्यालेन्स फण्ड२ ६.२३, अप्पर तामाकोशी हाइड्रोपावर ५.११ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी सिंग्दी हाइड्रोपावर ३.२१, अरूण काबेली पावरले २.२८ प्रतिशतले गुमाएका छन् ।