इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट

काठमाडाैं । इलाम प्रतिनिधि सभा सदस्य तर्फ क्षेत्र न.१ काे निर्वाचन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा आज रिट दायर गरेका हुन ।
निर्वाचनमा धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै आज अदालतमा खनालले रिट दायर गरेका हुन । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुन मतदान हुनुपर्ने खनालको माग छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि सङ्घीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।
इलामा १ मा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ६ सय ६४ मत बढी ल्याएर निर्वाचित भएका थिए । बस्नेतले २५ हजार ७ सय ७३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया