इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट
काठमाडाैं । इलाम प्रतिनिधि सभा सदस्य तर्फ क्षेत्र न.१ काे निर्वाचन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा आज रिट दायर गरेका हुन ।
निर्वाचनमा धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै आज अदालतमा खनालले रिट दायर गरेका हुन । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुन मतदान हुनुपर्ने खनालको माग छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि सङ्घीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।
इलामा १ मा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ६ सय ६४ मत बढी ल्याएर निर्वाचित भएका थिए । बस्नेतले २५ हजार ७ सय ७३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया