अनलाइन भुक्तानीमार्फत बाजी खेल्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट जुवा तथा बाजीजन्य गैरकानुन कार्य गर्नेहरुलाई कारबाही गर्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्ता प्रकृतिका कारोबारमा सहभागी हुने व्यक्ति, समूह, संस्थालाई कानुनमार्फत कारबाही गर्ने तथा बैंक निजको खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारसमेत रोक्का राख्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।
साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिन व्यवस्था मिलाउनु पर्ने सूचनामार्फत जानकारी गराएको छ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया