NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

थप नयाँ प्रोडक्ट लाईनप सिजी ब्राण्डमा

काठमाडाैं । सिजीले हालै आफ्ना घरायसी सामाग्रीहरुमा धेरै भन्दा धेरै प्रोडक्ट लाईनपहरु थप गरि नेपाली बजारमा ल्याएको छ ।जसअन्तर्गत वाल माउण्ट एसीमा १.०, १.५ र २.० टनमा नयाँ एसीहरु थप गरिएको छ ।

यी एसीहरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने, अटो रि इस्र्टाट, डि–ह्युमिडिकेसन फङसन, अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरु जस्ता यसको प्रमुख विशेषताहरु रहेका छन् ।

त्यस्तै टिभीमा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरु थप गरि ल्याएको छ । यी टिभीहरुमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेका छन् । यी टिभीहरु बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै नै आकर्षक देखिन्छन् । यसको पिक्चर क्वालिटी र साउण्डमा डल्बी डिजिटल प्लस, स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदैमै राम्रो सुनिन्छ ।

आफ्नो स्मार्ट टिभी सेक्सनमा पनि सिजीले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टिभीहरुको लाईनप थप गरिएको छ । सिंगल डोर फ्रिजहरुमा पनि सि.जी.ले २ वटा नयाँ थप फ्रिजहरु ल्याएको छ । यो फ्रिजहरु आकर्षक कलर, डिजाईनमा उपलब्ध छन् । एन्टी–बि टेक्नोलोजि, ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्र्टाटप यसको प्रमुख विशेषता रहेका छन् । यो फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेण्टी पनि पाईन्छ ।

त्यस्तै अर्को प्रोडक्ट माईक्रोवेभ वोभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक, फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टीपल पावर टेक्नोलोजि, ग्लास टर्न टेबल तथा डिफ्रोस्ट फङसनहरु जस्ता विषशेताहरु रहेका छन्
त्यस्तै सिजीले आफ्ना साना घरायसी सामाग्रीहरुमा पनि नयाँ मोडलहरु थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ/इलेक्ट्रोनिक कुिलङ थप गरेको छ ।

यो डिस्पेन्सर सि.जी.को आफ्नै प्रिमियम प्रोडक्टहरुको सेग्मेन्ट, सि.जी. मेरिडिया अन्तर्गत पर्दछ । यसमा पानी आउने तीन वटा छुट्टाछुट्टै धाराहरु रहेका छन् । जसमा नर्मल, तातो र चिसो पानी आउने गर्दछ । यो डिस्पेन्सरमा एल.ई.डि. इन्डिकेटर लाईट रहेको छ । जसले गर्दा पावर, हिटिङ, कुलङ र पानी रहेको वा नरहेको संकेत गर्दछ । यो बटमलोड वाटर डिस्पेन्सर भएको कारण अब ठूला ठूला पानीका बोतलहरु उचालेर राख्ने झनझटबाट मुक्त हुन सक्नेछन् ।