काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमको चुनावी खर्च कति ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा काठमाडौं–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएकी छिन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा उनले चुनाव खर्च ३ लाख ७१ हजार रुपैयाँ भएको उल्लेख गरीकी हुन् ।
निर्वाचनको दौरानमा तीन लाख हाराहारीमा खर्च भएको हुनसक्ने यसअघि उनले दाबी गर्दै आएकी थिइन् । कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ ।
यसैगरी गाडि रिजर्ब गर्दा ७८ हजार, पेट्रोल/डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै कार्यालय स्थापना, मतदाता नामावली खरिद, कार्यालय भाडा, कर्मचारी, फ्लेक्स प्रचार सामाग्रीलगायतमा एक लाख तीन हजार खर्च भएको विवरणमा उल्लेख छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया