लुम्बिनी प्रदेशले आफ्ना कर्मचारीलाई आवास सुविधा दिने

काठमाडाैं । लुम्बिनी प्रदेशले आफ्नो प्रदेशको राजधानीमा काम गर्न आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
स्थायी राजधानी दाङमा काम गर्न आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवास सुविधा दिन लागेको हो ।
प्रदेश सरकारका प्रवक्ता तीलकराम शर्माका अनुसार कर्मचारीको श्रेणी हेरेर ३ हजार देखी ६ हजार रुपैँया सम्मको आवास सुविधा दिइनेछ । यस्तो सुविधा प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगका समेत गरी ३सय ३७ कर्मचारीले पाउनेछन् ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया