लुम्बिनी प्रदेशले आफ्ना कर्मचारीलाई आवास सुविधा दिने
काठमाडाैं । लुम्बिनी प्रदेशले आफ्नो प्रदेशको राजधानीमा काम गर्न आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
स्थायी राजधानी दाङमा काम गर्न आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवास सुविधा दिन लागेको हो ।
प्रदेश सरकारका प्रवक्ता तीलकराम शर्माका अनुसार कर्मचारीको श्रेणी हेरेर ३ हजार देखी ६ हजार रुपैँया सम्मको आवास सुविधा दिइनेछ । यस्तो सुविधा प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगका समेत गरी ३सय ३७ कर्मचारीले पाउनेछन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया