NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दोहोरो अंकले घट्यो नेप्से, १ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४८ अंकले घटेर १८८२.६० मा झरेको छ ।

आज दुई सय ५४ वटा कम्पनीको २२ हजार ३७४ पटक कारोबारमा ४८ लाख ४ हजार २७९ को सेयर खरिदबिक्री हुँदा कुल एक अर्ब १९ करोड २६ लाख १६ हजार रूपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक घटेका छन् । आज सबैभन्दा बढी वित्तको १.४९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक २२ करोड ८९ लाख रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै शिभम् सिमेन्टको ९ करोड ३१ लाख, सिवाइसी नेपाल ६ करोड ३९ लाख ९४ हजार, नेपाल टेलिकम ५ करोड ३३ लाख र नबिल बैंकको ४ करोड ७२ लाख रूपैयाँ बराबरको कारोबार  भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

आज रूरू जलविद्युतका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । इष्ट्रन हाइड्रोपावर ९.९७, माउन्टेन इनर्जी ७.६१,धैलागिरी लघुवित्त वित्तिय संस्था ४.०२ र सिंगटी हाइड्रो इनर्जी २.२७ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै पिपुल हाइड्रोपावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी नबिल ब्यालेन्स फण्ड २७.२३, लक्ष्मी इक्वुटी५.६५ प्रतिशतले गुमाएका छन् ।