क्याबिन क्रु आन्दोलनले आन्तरिक उडान प्रभावित
काठमाडाैं । नेपाल वायु सेवा निगमका एयर होस्टेसहरु आन्दोलनमा उत्रिएपछि निगमका उडानहरु प्रभावित भएका छन् ।
आजका लागि निर्धारण गरिएका ५ उडान प्रभावित बनेको छ । निगमले आज काठमाडौंबाट भोजपुर, फाप्लु र दाङका एक एक उडान प्रभावित भएको छ भने ताप्लेजुङको दुई उडान प्रभावित भएको छ । अपरान्हसम्ममा भइसक्नु पर्ने यी उडानहरु अहिलेसम्म पनि हुन सकेको छैन ।
निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन । जसका कारण निगमको आन्तरिक तथा वाह्य दुवै तर्फका यात्रुहरु समयमा उडान हुन नसक्दा अलपत्र परेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया