मुद्राप्रदाय १ प्रतिशतले बढ्यो
काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को चार महिनामा विस्तृत मुद्राप्रदाय १.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) २० अर्ब ३ करोड (१.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१५० अर्ब ३८ करोड (११.३ प्रतिशत) ले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा सञ्चित मुद्रा ०.२ प्रतिशतले घटेको छ ।
कुल आन्तरिक कर्जा
आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही
अवधिमा उक्त कर्जा ५.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा यस्तो कर्जा १०.५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ६.० प्रतिशतले बढेको छ ।
के हो मुद्रा प्रदाय ?
कुनै अर्थतन्त्रमा निश्चित समयविन्दुमा उपलब्ध मुद्राको कार्य गर्न सक्ने सम्पुर्ण तरल सम्पतिको योगफललाई मुद्रा प्रदाय भनिन्छ । यस अन्तर्गत मुख्यतः सर्वसाधारणसंग भएको नगद तथा बैंक तथा वित्तीय संस्थामा कायम रहेको निक्षेप पर्दछन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया