NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसमा नगर प्रहरी बलको फोटो प्रदर्शनी

काठमाडौं । ललितपुर महानगरपालिका नगर प्रहरी बलले महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी गरेको छ ।

शुक्रबार मंगलबजारस्थित कृष्णमन्दिर परिसरमा मेयर चिरिबाबु महर्जनको उपस्थितिमा वृत्तचित्र प्रदर्शनी गर्न लागिएको हो । कार्यक्रममा उपमेयर मञ्जली शाक्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल सहभागी हुने कार्यक्रम छ ।

ललितपुर महानगरपालिकालाई व्यवस्थित शहर बनाउन नगर प्रहरी बलले खेलेको भूमिकाको सम्बन्धमा वृत्तचित्र प्रर्दशनी गरेको छ । प्रहरी बल प्रमुखमा ट्राफिक प्रहरीका पूर्वप्रहरी निरिक्षक सीताराम हाछेथु आएपछि संगठनलाई थप व्यवस्थित बनाएका छन् । महानगरपालिका व्यवस्थापनमा हाछेथुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।