NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कार्यपालिका सदस्यलाई राजीनामा दिन धरानका मेयरको सुझाब

काठमाडाैं ।  धरान उपमहानगरपालिकाबाट स्वतन्त्र निर्वाचित भएका मेयर हर्क साम्पाङले आफुले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन सुझाब दिएका छन् ।

गएको कार्तिक १७ गते, कार्तिक २४ र मंसिर २९ मा बोलाएको कार्यपालिका बैठकमा हो-हल्ला गरि बैठक बस्न नदिएको भन्दै हो-हल्ला गर्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिएर बाटो खुलाउन सुझाब दिएका हुन ।

धरानको विकासका लागि आफु आएको भन्दै मेयरले विकासमा बाधा पुराउने कार्यपालिका सदस्यहरुको टिम आफुलाई नचाहिने बताएका छन्।

भदौ १३ गते बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र वडाध्यक्षहरु बीच बैठकमा विवाद भएको थियो । त्यसपश्चात मेयर साम्पाङले कार्यपालिका सदस्यहरुसँग माफि माग्नु पर्ने माग कार्यपालिका सदस्यहरुले गर्दै आएका थिए ।

यता मेयरले भने आफु कुनै पनि हालतमा कार्यपालिका सदस्यसँग माफि नमाग्ने अडान राख्दै आएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर साम्पाङले आफु ( अभिभावक ) ले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुलाउन सुझाब दिएका हुन ।

मेयर र कार्यपालिका सदस्यबीचको विवाद चुलिदैँ जाँदा शिक्षकहरुको तलब, स्वास्थ्यकर्मीको तलब, करारमा रहेका कर्मचारीको दैनिक भत्ता जस्ता कामहरु अड्कीएका छन् ।

मेयर साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद चुलिँदै