ऊर्जा क्षेत्रमा लगानी जुटाउन निफ्राको ऋणपत्र
काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । सात वर्षे अवधिका लागि वार्षिक सात प्रतिशत ब्याज दिने शर्तमा ऋणपत्र बिक्री गर्न लागिएको हो ।
बैंकले प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यका ५० लाख कित्ताले हुन आउने रु पाँच अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३० लाख कित्ता ऋणपत्रले हुन आउने रु तीन अर्ब बराबरको ऋण पूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । साथै बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने रु दुई अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई गत कात्तिक २७ गते ऋणपत्र बिक्रीका लागि स्वीकृति दिएको थियो ।
बैंकले गत मङ्सिर २९ गतेदेखि ऋणपत्र बिक्री सुरु गरेको हो । ऋणपत्रको निष्काशन छिटोमा यही पुस ४ गते र ढिलोमा पुस १४ गतेसम्म बन्द हुनेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ स्थापना भएको सो बैंकको अधिकृत पूँजी रु ४० अर्ब छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया