जंगली हात्तीले लियो एक जनाको ज्यान
चितवन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया