NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

२७ अंकले घट्यो नेप्से, १ अर्ब १५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ ।

आज दुई सय ५० वटा कम्पनीको २६ हजार ६६१ पटक कारोबारमा ३७ लाख ७८ हजार ९५१ को सेयर खरिदबिक्री हुँदा कुल एक अर्ब १५ करोड ७१ लाख ५५ हजार रूपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक घटेका छन् । आज सबैभन्दा बढी वित्तको २.८८ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ १.५२, विकास बैंक २.०६, होटल तथा पर्यटन ०.९४, जलविद्युत २.०४, लगानी ०.८८, जीवन बीमा ०.४५, उत्पादन ०.७८, लघुवित्त १.३१, सामूहिक लगानीकोष ०.८४, नीर्जीवन ०.९०, अन्य २.१९ र व्यापार ०.२६ प्रतिशतले घटेका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै रिदी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार, नबिल ५ करोड ४१ लाख १३ हजार, नेपाल टेलिकम ४ करोड ८९ लाख ६३ हजार र हिमालयन डिष्टिलरी ४ करोड ४९ लाख ६४ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

आज इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमइ ब्यालेन्स फण्ड १ ०.७२, धैलागिरी लघुवित्त ८.२०, खप्तड लघुवित्त ६.११ र बुद्ध भूमि नेपाल हाइड्रोपावरको ४ प्रतिशतले बढेको छ ।

त्यस्तै आज रूरू जलविद्युत र पिपुल्स हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।