आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह
काठमाडाैं । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् । उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन् ।
विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरुको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरुलाई विना कुनै भेदभाव सम्मान गर्नु पर्ने र उनीहरुको संरक्षणको खाँचो रहेको महासचिव गुटरेसले बताएका हुन् ।
विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका हुन् । उनले विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरुको संख्यामा पनि बृद्धि भइरहेको जानकारी दिए ।
विश्वमा कोरोना महामारीका कारण देखिएको समस्याले आर्थिक मन्दी ल्याएको र यसबाट काम गरेर खाने बर्गका आप्रवासीहरुमा पनि समस्या उत्पन्न भएको भन्दै अहिले विश्वका आप्रवासीहरुको समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्ने पनि बताए ।
विश्वमा पछिल्ला वर्षहरुमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरु देश छोडेर भाग्नुपर्ने अवस्था आएको र उनीहरु यस अर्को देशमा जाने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरुको सुरक्षाका लागि लाग्न पनि विश्वका देशहरुलाई आग्रह गरेका हुन् ।
उनले मानवीय सहायताका क्षेत्रमा काम गर्न र उनीहरुका हक अधिकारका लागि पनि सचेत रहन विश्वमा आप्रवासीहरु रहेका देशका सरकारहरुसँग आग्रह पनि गरेका हुन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया