NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेकपा (एस) को संसदीय दलको नेतामा नेपाल, उपनेतामा पाण्डे चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दलको नेतामा माधमकुमार नेपाल चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको  संसदीय दलको बैठकले नेता चयन गरेको हो । यसैगरी संसद दलको उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत समाजवादीले १० सिट जितेको थियो । त्यस्तै बैठकले प्रमुख सचेतकमा प्रकाश ज्वाला  चयन भएकाे प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नवनिर्वाचित सांसद्हरूलाई बधाइ दिएका थिए । त्यस्तै बैठकले वर्तमान गठबन्धनको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेकत्र छ ।